हाम्रो राजनितिक अवस्था कोभिड–१९को आपतकालिकन अवस्थामा पिएसआईका प्राथमिकता र परिपे्रक्ष्यहरु
पिएसआईले अहिलेको क्षणमा यो महसुस गरेको छ कि हामी जुन अवस्थामा बसिरहेको छौ, सम्पूर्ण टे«ड यूनियन आन्दोलन अब दुई मोर्चामा केन्द्रिकृत हुन आवश्यक छ : तत्काल लक्षित गरेका आपतकालिन कार्यहरुको सेट र आर्थिक प्रतिक्रिया (प्रत्येक ८ वटा बुँदाहरुले बनेको छ । )
Comms
पिएसआई र यसका सदस्यहरु , सबैभन्दा गम्भीर संकटको सामना गर्दैछन् । १२% स्वास्थ्यकर्मीहरु संसारभरि संक्रमित जनसंख्या प्रतिनिधित्व गरेका छन् र मृत्यु हुनेको संख्या अझ धेरै असहनीय छ ।
स्वास्थ्य प्रणालीको अपार्यप्त तयारी, न्यून कर्मचारी, कष्टकर लामो कार्य समय र व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई)को कमी जसले गर्दा स्वास्थ्यकर्मीलाई जोखिममा पु¥याइरहेको छ र यसले गर्दा आपतकालिन अवस्थामा तरुन्तै गर्नुपर्ने काम गर्न नसकिने अवस्थाका कारण स्वास्थ्य प्रणालीको क्षमता कमजोर हुन्छ ।
भेन्टिलेटरहरु, आईसियू शैयाहरु, पुर्ननिर्माण गरेको शैयाहरु, टेस्टिङ्ग किष्टस, प्रयोगशालाहरु र जीवविज्ञानकर्ताहरुको दीर्घ अभावले गर्दा ज्यान बचाउने सम्भावनामा बाधा पुगीरहेको र स्वाथ्यकर्मीहरु जो पहिले नै जोखिमयुक्त अवस्थामा काम गरिरहेको र अझ बढी जोखिम अवस्थामा पुग्ने अवस्था छ ।
विगतका वर्षहरुमा स्वास्थ्य सेवाहरुलाई निजिकरण गरे पश्चात सार्वजनिक स्वास्थ्य प्रणालीमा धेरै दवाब परेको छ । केही सरकारीहरुले आपतकालिन अवस्थामा निजि सेवाप्रदायकलाई सेवा दिन बाध्य गरियोे ।
रोजा पावनेल्ली PSI महासचिव
पिएसआई र यसका सदस्यहरु , सबैभन्दा गम्भीर संकटको सामना गर्दैछन् ।
अहिलेको स्थितिमा टे«ड यूनियन आन्दोलन विशेषगरि तत्काल आपतकालिन रेसपोन्समा केन्द्रित हुन जरुरी छ ।
सबै खाले श्रमिकहरुजो संक्रमणको उच्च जोखिममा छन्उनीहरुलाई सबैकिसिमको माध्यमको प्रयोगगरि पिपिई प्रदान गर्नुपर्ने(स्वास्थ्य सेवा, बृद्धवृद्धाको हेरचाह, घरको हेरचाह, यातायात, एम्बुलेन्स, प्रहरी, अग्नी नियन्त्रक, कैदी र थुना सेवा–शरणार्थी र आप्रवासी शिविर सहित, पसल सहयोगीहरु र क्यासियरहरु, अत्यावश्यक सामान उत्पादन गर्ने श्रमिकहरु आदि । यो प्राप्तीको लागि यूनियनहरुले सरकारलाइ सार्वजनिक औद्योगिक नीतिहरु जसमा स्थानिय उद्योग तथा कारखानाहरु परिवर्तन गरि यी सामानहरुको उत्पादन गराउनको निम्ति आग्रह गर्ने जरुरी छ । यो नीतिहरुले भेन्टिलेटहरु, टेष्ट किट्सहरु र सबै खाले उपकरणहरुको जुन स्वास्थ्य क्षेत्रमा कुशलतापूर्ण काम गर्नको निम्ति यसको उत्पादनको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ ।
आईसियु शैयाहरुको संख्या बढाउनुपर्ने। यसको अर्थ निजी अस्पताल र क्लिनिकहरुलाई कुनै अपवाद बिना र नाफाको लागि नभई आम मानिसहरुको आवश्यकतालाई मध्यनजर गरि जन स्वास्थ्य उपायको रुपमा लिन हामीले सरकार समक्ष माग गर्न आवश्यक छ ।
तालिमप्राप्त चिकित्सक तथा स्वास्थ्य परिचारिकाहरुलाई (नर्स) पदपूर्ति गरि अस्पतालमा विद्यमान चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कामको बोझ कम गराउनुपर्छ, यसले जोखिम कम गर्र्नमा पनि धेरै मद्दत पुग्दछ ।
जुन औषधि कोभिड–१९को उपचारको लागि अत्यन्तै जरुरी छ त्यसको एकाधिकारलाई हटाउनुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यु एच ओ)को मातहतमा एउटा संघ वा विश्वव्यापी निकायको निर्माण गरि खोपको खोज गर्न समन्वय गर्ने र व्यापारिक शोषणबाट जोगाउनुपर्छ ।
अनावश्यक उत्पादन र व्यापारिक क्रियाकलापलाई बन्द गर्नुपर्छ ।
श्रमिक र उसका परिवारको आयमा टेवा पु¥याई, सबै किसिमको अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई समेटी ज्यालासहितको विदा निश्चित गरेर सहायता गर्नको निम्ति सरकारलाई अनुरोध गर्नुपर्दछ र जो श्रमिक लगातार काम गरिरहेका छन् त्यस्ता श्रमिकका बालबच्चाको लागि शिशु स्याहार केन्द्रको व्यवस्था गर्नुपर्दछ ।
सरकारका विकास नियोग र आई एफ आईहरुसंग मिलेर पर्याप्त श्रोतहरुलाई शर्तबिना आपूर्तिको सुनिश्चित गर्नपर्दछ । विकासशिल देशहरुमा आपतकालिन सेवा अन्तर्गत स्वच्छ पिउने पानीको आपूर्ति र हात धुने साबुन पनि पर्दछ ।
हिरासतमा रहेका आप्रवासी जो सिमामा अलपत्र परेका, शरणार्थीहरु, आप्रवासीहरु, क्यापमा बसेका विस्थापित मानिसहरुलाई अन्तर्राष्ट्रिय समुदायसंग समावेशी र अधिकारमा रहेर तत्काल समाधान गर्न आग्रह गर्नुपर्दछ । ति बाहेक मानवधिकार र मानवीय अवस्था, हामी टे«ड यूनियनहरु चासो भनेको निषेधित क्षेत्रमा रहेका हजारौ मानिसहरुको चापको कारण स्वास्थ्य सेवामा पहुँच, स्वच्छ पिउने पानी र सरसफाईको अभावको कारणले अकल्पनिय सार्वजनिक स्वास्थ्य प्रकोप आईपर्ने मापन गर्न सकिन्छ ।
अर्थतन्त्रमा स्वास्थ्य संकटका कारण आइपर्ने गिरवाटलाई सामाना गर्नको निम्ति उपायहरु आवश्यकता छ । तयारीको अभाव र पछिल्लो ३० वर्ष भन्दा बढी विश्व अर्थतन्त्र प्रणालीमा आएको परिवर्तन गर्दा विग्रदोे अवस्थ्या बनेको हो । आउँदो गहिरो आर्थिक अस्थिरताका कारण श्रमजीविलाई कठिन परिस्थितमा पुग्ने संभावना देखा परेको छ । हामी अबको आर्थिक प्रभावलाई कस्तो आकारमा लाने हो त्यसको लागि तयारी अवस्थामा रहनुपर्छ ।
अहिलेको क्षणलाई यो भन्न सकिन्छ कि विश्वव्यापी आपतकालिन अवस्थामा आर्थिक सहयोग आवश्यकता पर्छ र अशक्त मितव्ययिताबाट जोगिन, सामाजिक अव्यवस्था र दक्षिणपन्थी राजनिति उग्रवाद जसले विश्वव्यापी आर्थिक संकट पछईरहेको हुदाँ हामी छिटो र कट्टपन्थी तरिका अपनाउनु पर्छ । श्रमिकहरुले पहिले नै धेरै बलिदान दिईसकेका छन् र साना व्यापारले पनि भोग्दै छन् । अव समय भयो कि जो व्यक्तिहरुले विभिन्न प्रणालीबाट नाफा आर्जन गरेका छन्, तिनीहरुले अब तुरुन्तै तिर्ने बेला आएको छ । जुन अहिलेको गडबड भइरहेको छ उनीहरु त्यो आफुले निम्त्याएको हो, यसले गर्दा अब यो गडबड मिलाउनु योगदान पुग्नेछ । निम्न मुद्दाहरु समावेश हुनसक्छ :
जोखिमयुक्त अर्थतन्त्र भएकाहरुको लागि ऋण राहत र ऋणको पुर्नसंरचना निर्माण गर्नुपर्छ र उनीहरुले मुद्रा र चुक्ताको संकट सामना गर्न बाध्य पार्न हुदैन किन भने यही समयमा उनीहरु स्वास्थ्य र आर्थिक संकटलाई सामना गर्न प्रयास गरिरहेका हुन्छ ।
विश्वव्यापी ऋण जमानत प्रणालीमा परिवर्तन गरि व्यवस्थित ऋण पुर्नसंरचना गर्नुपर्छ । जब आवश्यकता पर्छ आसामी र ऋणीले आफु बीचको बोझ बाँड्छन् र आर्थिक संकटलाई कमजोर पार्दैन वा खराब सामाजिक संकट बढाउँदैन ।
यूरोप र ब्राजिलमा जस्तै वैधानिक ऋण र खर्चको क्यापस हटाउनुपर्छ ।
विभिन्न देशहरुलाई दिईने ऋणको माग गर्दा (विश्व वैंक, अन्तराष्ट्रिय मुद्रा कोष, क्षेत्रिय विकास वैंक वा निजि लेनदारहरु बाट) उदारिकरणका शर्तहरु समावेश हुनु हुदैन, जस्तै श्रम बजारको उदारिकरण, निजिकरण वा धेरै धनीहरुलाई करमा छुट ।
जसले सम्पत्तिको भण्डारण गरेर संकट सिर्जना गर्छन, उनीहरुको सम्पत्तिमा कर लगाई यसको उचित कार्यान्वयन गर्नपर्छ ।
जसले ५ प्रतिशत भन्दा बढी नाफा कमाईरहेको हुन्छ तिनीहरुलाई व्यापारिक करलाई ५० प्रतिशत वृद्धि गर्नुपर्छ । त्यस्तै गरि जब कुनै पनि कम्पनीहरु असफल हुन्छन्, सार्वजनिक सेवाहरुलाई कम वित्त पोषित हुन्छन् र श्रमिकहरुले बलिदान दिन थाल्छन् , यस्ता कम्पनीहरु जसले अधिक नाफा कमाईरहेको हुन्छन् तर नैतिकताको आधारमा अर्थतन्त्रमा दायित्व निर्वाह गर्दैनन् । संघर्षरत व्यवसायहरुमा अधिक नाफा कर लगाएता पनि तिनीहरु जोखिममा पर्दैन किनभने उनीहरुले अधिक नाफा कमाई सकेका छन् ।
डिजिटल कर सेवा तुरुन्तै प्रयोगमा ल्याई ताकि ती प्रवाधिक कम्पनीहरु जसले धेरै नाफा आर्जन गरिसकेका छन्, पहिले कर छली गरि ट्याक्स हेभेनमा नगदको भण्डारण गर्नेहरु (अहिले झन् अधिक नाफा कमाईरहेको छ किनभने कारावासको व्यवस्था भएकोले गर्दा जस्तै नेटफिल्कस्, अमेजन आदि जसले अहिले निपक्ष हिस्सा तुरुन्तै तिर्छन् । धेरै देशहरुले यो करलाई प्रयोगमा ल्याउन खोजिरहेका छन् तर यसलाई ओईसिडि बिईपिएस प्रक्रियाको नतिजा नआएसम्म कुनुपर्नेछ । बिईपिएस प्रक्रिया अहिले भनेको विश्वनिय प्रस्तावहरु दिनु असक्षम छ र निश्चित रुपमा तत्काल वित्तीय मर्मत आवश्यक समय सिमामा छैन । सबै देशहरुले उनीहरुलाई राजस्व वृद्धि गर्ने साधन तरुन्त प्रयोगमा ल्याउन जोड दिनुपर्छ ।
सार्वजनिक सिविसिआर (देश पिच्छैको प्रतिवेदन) प्रदान नगर्ने कुनै पनि कम्पनीलाई वित्तीय बेलआउट उपायहरु दिनु हुदैन वा कुनै पनि त्यस्ता जो ट्याक्स हेभेनबाट संचालन भएका हुन्छन् । जिएफएस को रेसपोन्स र संयुक्त राज्य अमेरिकमा हालै कार्यान्वयन गरिएको करले यो उपायहरु बिना धेरै कम्पनीहरुले यी सुविधाहरु शेयरधनीहरु, निर्देशकहरु र व्यवस्थापकहरु पुनर्निर्देशित गर्दैछन् र त्यसलाई रोजगारी र कर्मचारीहरुको अवस्थालाई सुरक्षित गर्न प्रयोग गरेका छैन ।
दीर्धकालिन अवस्थाको उत्पादन प्रणाली र विश्वव्यापी श्रृंखला आपूर्ति(ग्लोबल स्पलाई चेन)को भूमिका जुन अहिलेको संकटको बेला असफल भएको छ, विश्व्यापी अर्थतन्त्र प्रणाली यसको बारेमा गहिरो तरिका सोच्नुपर्छ । घरेलु उत्पादनका सामाग्रीहरु जुन आम जनमानस आवश्यकताको सुनिश्चितता सहितको औद्योगिक नितिहरुलाई पुनर्बिचार गर्नपर्छ । महत्वपूर्ण विषय जस्तै सार्वजनिक सेवाको भूमिका र सार्वजनिक सेवा प्रणालीमा लगानी, सार्वजनिक शिक्षा, सफा पिउने पानी, सरसफाई र सामाजिक सुरक्षाको बारेमा पुनर्बिचार आवश्यक देखिएको छ । यसको अर्थ बिद्यमान वित्तीय प्रशासन प्रणाली र बहुराष्ट्रिय कम्पनीहरुलाई चाहिने भन्दा बढी शक्तिलाई अन्त्य गर्नुपर्ने तर्कलाई समर्थन गर्नु जरुरी छ ।
त्यसैले हामी विश्वास गर्दछौ कि हामीले अहिले नै बुझाईलाई परिवर्तन गर्नुपर्छ ।
त्यसैले हामी विश्वास गर्दछौ कि हामीले अहिले नै बुझाईलाई परिवर्तन गर्नुपर्छ ।
स्वास्थ्यकर्मी जसले ज्यान बचाएको छ उनीहरुलाई हामी हिरो भन्न चाहदैनौ । उनीहरु हिरो होईन । उनीहरु आयको लागि काम गर्ने व्यक्ति हुन् र जसले आदरको अपेक्षा राख्छन् । उनीहरुको अधिकार सुरक्षित , मर्यादित काम र काम गर्ने वातावरण राम्रो हुनुपर्छ ।
हामी सवैमा, विशेषगरि नाफा आर्जन गर्नेहरुमा एकपटक स्पष्ट गर्न चाहान्छौ कि खेलको नियम परिवर्तन गर्नु अत्यन्तै आवश्यक छ यदि भविष्यमा हामीले प्रकोपहरुलाई जोगिन र यदि हामी बास्तवमा सबैको लागि राम्रो काम र निपक्ष संसारको काम गर्ने हो भने ।
परिस्थितिमा यसलाई नबुझ्नु भनेको गल्ती गर्ने मात्र होईन, गैरजिम्मेवार हुनु हो । हामीले सन् २००८ मा अवसर गुमाई सकेका छौ । यो पटक हामी गुमाउन चाहदैनौ
पोप फ्रान्सिसको भन्नुहुन्छ “हामीले सोच्यौ हामी यो रोगी संसारमा सुरक्षित रहन सक्छौ ।” र कोभिड –१९ को कारण उत्पति भएको विश्वव्यापी संकटले यो ग्रहमा हामी सुरक्षित छैनौ भनेर दर्शाएको छ ।
सरकारले धेरै नितिहरुलाई कडा तरिकाले कार्यान्वयन गर्न वाध्य गरे मात्र जलवायु परिवर्तनको सामाना गर्नको निम्ति मद्दत पुग्छ ।
रोजगारीमा संङ्कीर्ण ध्यान र कर्पोरेट संचालित संक्रमणले मानवता प्रलय देखि प्रणालीगत संकट र प्रणाली असफलता हुने पक्का छ ।
कसैले पनि नितिमा आएको छिटो परिवर्तनलाई दाबी गर्ने वा भविष्यमा आईपर्ने संकटलाई बजारबाट सामाना गर्न सकिन्छ भन्ने हो भने यो असम्भव छ । तर मानिसहरुले चेतावनीको वेवास्ता गरि सामान्य रुपमा व्यवसायमा फिर्ता हुन सक्दछन् । हाम्रो काम भनेको यस्तो नहोस् भनेर सुनिश्चित गर्नु हो । वर्तमान गरेका दुःख व्यर्थ हुदैन भन्ने कुरालाई सुनिश्चित गर्न जरुरी छ र चेतावनीलाई मनन गर्नुपर्छ । अव हामीले मानिसहरुलाई कट्टरपन्थी नयाँ अर्थतन्त्रको निर्माण गरि विश्वास दिलाउनुपर्छ र विश्व र मानिसलाई नाफा भन्दा माथि हुने निति बनाउनुपर्छ ।